पोखरा, भदौ ३ । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बुधबार विहान विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।
संक्रमित हुनेमा नवलपरासी पूर्वका १२ जना छन् भने तनहुँका २ जना छन्। योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७७९ पुगेको छ।
यसैबीच चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका १ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ भने वडा नं ७ का एक पुरुष र एक महिला तथा वडा नं ५ की एकजना महिलामा संक्रमण देखिएको छ।
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वकै कावासोती नगरपालिका २ का चारजना पुरुष तथा कावासोती(३ का दुईजना पुरुषमा संक्रमण देखिएको छ। हुप्सेकोटका एकजना पुरुष र देवचुलीका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ।
त्यसैगरी तनहुँको व्यास नगरपालिका वडा नं ३ का ३८ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका वडा नं ४ का २९ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ।



























