चितवन । खैरहनी नगरपालिका-३ की १०९ वर्षकी एक वृद्धामा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएकाे छ। साेमबार राति पौने एक बजे नै मृत्यु भएको उनका नाति कमल पाठकले जानकारी दिए। १२ दिनदेखि बिरामी भएकी वृद्धाको सोमबार स्वाब संकलन गरी भरतपुर कोभिड ल्याबमा जाँचका लागि पठाइएको थियो।
उनको द्रुत तरिकाबाट जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जनाएको छ। परिवारकै सदस्यबाट वृद्धामा कोरोना भाइरस सरेको अनुमान गरिएको छ। यसअघि चितवनमा भरतपुर महानगरपालिका-११ का एक जना र कैलालीका एक जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएको थियो।
Facebook Comments


























