चितवन, साउन ३१ । भरतपुर अस्पतालको आइसीयू कक्षमा कार्यरत एक डाक्टरमा कोरोना पोजेटिभ भएको पाइएको छ।
अस्पताल स्रोतका अनुसार आइसीयूमा कार्यरत उनमा कोरोना पोजेटिभ देखिएपछि आइसीयू कक्षका बिरामी र अन्य नर्सहरुको स्वाब संकलन गरि पठाइएको छ।
डाक्टर भने आफै आइसोलेसनमा बसेका छन्। दुई दिन अघि मात्रै अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्समा कोरोना भेटिएपछि सिल गरिएको छ।
Facebook Comments


























