मकवानपुर, साउन ३१ । आज मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना अस्पताल हेटौंडाले दिएको जानकारी अनुसार आज २० जनालाई कोरोना भाइरस पुष्टि भएको हो।
थपिएका नयाँ २० मध्ये १२ जना हेटौंडा उपमहानगरपालिकाका, १ जना मनहरी गाउँपालिकाका र ७ जना मकवानपुर जिल्ला बाहिरका भए पनि हेटौंडा बस्ने गरेका नागरिक हुन्।
पछिल्ला दिनहरुमा मकवानपुरमा पनि संक्रमितहरु थपिनेक्रम बढ्दो छ।
Facebook Comments


























