कास्की, साउन ३१ । गण्डकी प्रदेशमा शनिबार बिहान थप १० जनामा कोरोना संक्रमण देखिएको छ।
थपिएका संक्रमितमध्ये कास्कीमा तीन, तनहुँ तथा बाग्लुङमा दुई/दुई, र गोरखा तथा स्याङ्जामा एकरएक जना रहेको स्वास्थ्य निर्देशनालय, गण्डकीका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ र ८ मा एकरएक जना पुरुष र वडा नम्बर ८ मा १५ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए। योसँगै कास्कीमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ।
त्यसैगरी तनहुँको भानुमा दुई पुरुष, बागलुङको बाग्लुङ तथा बडिगाड एकरएक पुरुष गोरखामा एक महिला र स्याङ्जाको पुतलीबजारमा एक जना पुरुषमा संक्रमण देखिको उनले जानकारी दिए।
तनहुँमा अहिलेसम्म २१२, बागलुङमा २६५, गोरखामा ११७, स्याङ्जामा २९९ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ६९२ जनामा कोरोना देखिएको छ। त्यसमध्ये पाँच जनाको मृत्यु भएको छ भने १ हजार ४९३ जनामा निको भएर घर फर्किएका छन्।


























