नयाँदिल्ली, साउन ३१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले छिमेकी मुलुकहरुसँगको सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझ गहिरो बनाइरहेको बताएका छन्। स्वतन्त्रता दिवसका अवसरमा आज दिल्लीको लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्दै मोदीले दक्षिण एसियाली मुलुका नेताहरुले यस क्षेत्रको विकासमा मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
यस क्षेत्रमा जति शान्ति हुन्छ, उति नै मानवताको हितमा हुनेछ,’ उनले भने, ‘हाम्रो देशको भौगोलिक सीमाले छुने मुलुकमात्र छिमेकी होइन, भावना मिल्ने पनि छिमकी हो।’
उनले केही समयदेखि भारतले पश्चिम एशियासँगको सम्बन्धलाई अझ मजबूत पारेको उल्लेख गर्दै ती देशसँग भएका ऊर्जा क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताए। एजेन्सी
Facebook Comments


























