पर्सा, साउन ३१ । वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरूषको मृत्यु भएको हो।
पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका उनी ज्वरो आएपछि यही साउन २४ गते अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोभिड अस्पताल नारायणीका ईन्चार्ज डा.उदयनारायण सिंहले जानकारी दिए।
Facebook Comments


























