काठमाडौं, साउन ३० । अपहरण तथा शरीर बन्धकको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले उनलाई शुक्रबार घरबाटै पक्राउ लिएको हो।
स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको रामेछापका प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले जानकारी दिए।
खड्का विवादित छवि भएका व्यक्ति मानिन्छन्। तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित खड्कालाई पार्टीको नीति र जनताको भावनाविपरीत अगाडि बढेको भन्दै नेकपाले गत वर्ष पार्टीको जिल्ला सदस्यलगायत सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।
Facebook Comments

























