कास्की, साउन ३० । कास्कीको पोखरामा बिहीबार साँझ एक महिलाको एक लाखभन्दा बढी रकम लुटिएको छ।
स्कुटरमा शिव टोलतर्फ जाँदै गरेकी पोखराको नयागाउँ सेन्टमेरिज चोक बस्ने सीता गिरीको नगदसहितको ब्याग लुटिएको हो। उनलाई सिताराम प्लटिङ नजिकै लुटपाट गरेको गिरीले प्रहरीलाई बताएकी छन्।
मोटरसाइकलमा आएका दुई युवकले आफ्नो ब्याग नै लुटेर भागेको सीताले बताएकी छन्।
३४ वर्षीया गिरीको ब्यागमा एक लाख २७ हजार नगद रहेको उनले प्रहरीलाई जानकारी दिएकी छन्।
चोरी कार्यमा संलग्न व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























