सिन्धुपाल्चोक, साउन ३० । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि चौतारा ल्याइएको छ।
सेनाको हेलिकप्टरले चौताराबाट सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल लगेको थियो। सो हेलिकोप्टरले गम्भीर घाइते दुई पुरुष र दुई महिलालाई उपचारका लागि सदरमुकाम चौतारा ल्याइएको हो।
घटनास्थल जान लागेका सभामुख अग्नि प्रसाद साकोटाले चौतारामा बसेर उद्धारका लागि सुरक्षाकर्मी पठाएका थिए।
घटनामा कम्तीमा ३५ बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्। लिदीको लामाचौरमा बस्ती भन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ।
आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोमा परेकाको उद्धारमा समस्या भएको छ। माथिबाट पहिरो आइरहेको र तलबाट जमिन भासिने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको स्थानीयले बताएका छन्।
Facebook Comments


























