पर्सा, साउन २९ । काठमाडौंको सुन्धारामा ‘सुन चाँदी’ र पेस्तोलको झोला बरामद काण्डमा प्रयोग भएको स्कोर्पियो लुकाएर भागेका इन्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्।
उनलाई पर्सा र बाराको संयुक्त प्रहरी टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो। अन्सारीको बा ६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन चाँदी र पेस्तोलको झोला भएपछि भागेका उनीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पिछा गरिरहेको थियो।
बारा प्रष्टोखा घर भएका अन्सारी माथि अपराध महाशाखाको निगरानीको समयमा पर्सा बारामा लुकेर बसेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा अन्सारी आज बिहान बाराको निजगढबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
दुवै जिल्लाका प्रहरीको समन्वयपछि पक्राउ परेका अन्सारीलाई कसरी सार्वजनिक गर्ने ? भन्नेबारेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन। अन्सारी पक्राउ परेको प्रहरीको उच्च स्रोतले जनाएको छ।


























