मुम्बई, साउन २८ । बलिउडकी चर्चित अभिनेत्री सारा अली खानको आज जन्मदिन परेको छ। उनी १२ अगस्ट १९९५ मा भारतको मुम्बईमा जन्मिएकी हुन्। उनले आज आफ्नो २४ औं जन्मदिन मनाउदैछिन्।
जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ। २०१८ मा फिल्म केदारनाथ बाट उनले बलिउडमा प्रबेश गरेकी थिइन्। केदारनाथमा उनको अभिनय दर्शकले निकै रुचाएका थिए। त्यसपछि फिल्म सिम्बाबाट पनि उनले राम्रो चर्चा पाइन्।
Facebook Comments


























