चितवन, साउन २८ । पूर्वीचितवनको राप्ती नगरपालिकामा फेरि तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा राप्ती नगरपालिका–६ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।
संक्रमण पुष्टि हुनेमा २२, २८ र ३० वर्षीय पुरुष रहेका छन्। उनीहरु क्वारेन्टिनमा बसिरहेका थिए।चितवनमा पहिलोपटक वैशाखामा राप्तीकै दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
Facebook Comments


























