चितवन, साउन २८ । तिजको अबसर पारेर छोटो चलचित्र “तिज र पुरुष” युट्युब मार्फत सार्वजनिक गरिएको छ। लेखक, निर्माता तथा निर्देशक नवीन के. शर्माले बनाएको उक्त छोटो चलचित्र बोण्ड्स फिल्म प्रोडक्सनको युट्युब च्यानल मार्फत मंगलबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गिरएको हो।
चलचित्रका प्रस्तुतकर्ता शर्माले हरितालिका तिजको अबसर पारेर चलचित्र निर्माण गरिएको बताए। उनले तिज महिलाको पर्व भएपनि पुरूष जोड्नुको कारण तिज पर्व पुरुष बिना खल्लो हुने र सबै परिवार मिलेर तडकभडक रहित तवरले मनाउनु पर्ने सन्देश दिन चलचित्र निर्माण गरिएको बताए।
करिब ११ मिनेट मात्र रहेको सो चलचित्रमा केदार दवाडी, रेश्मा सुवेदी, सागर हेल्लो जान र नवीन के। शर्मा लगाएतको मुख्य अभिनय रहेको छ भने स्मारिका दराई र निरज दराईलाई बाल कलाकारको रुपमा प्रस्तुत गरिएको छ। फिल्मलाई आभाष रानाले छायांकन गरेका छन भने सुमित लामाले सम्पादन गरेका हुन।


























