काठमाडौं, साउन २७ । अहिले देशका अधिकांश भू-भागहरूमा समान्यदेखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ।
प्रदेश ५ , कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ती स्थान भएर बहने साना तथा ठूल नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
Facebook Comments


























