पोखरा, साउन २६ । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
प्रादेशिक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ५ जिल्लाका ८ जना संक्रमित थपिएका हुन्।
उनीहरूमध्ये नवलपरासी पूर्वका २ जना, पर्वत र स्याङ्जाका १/१ जना तथा तनहुँ र कास्कीका २र२ जना रहेका छन्।
Facebook Comments


























