काठमाडौं, साउन २६ । सोमवार नेप्से १४ दशमलव १५ अंकले बढेको छ। १ हजार ३९४ दशमलव ७८ विन्दुबाट शुरु भएको नेप्से कारोबारको पहिलो १ घण्टाको अवधिमा १ दशमलव शून्य २ प्रतिशत बढेर १ हजार ४०६ दशमलव ८२ विन्दुमा पुगेको छ।
यस अवधिमा १२ समूहको परिसूचकमध्ये व्यापारको परिसूचक स्थिर रहेको छ। जलविद्युतको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको नेप्सेले जनाएको छ।
पहिलो १ घण्टाको अवधिमा १७० ओटा कम्पनीको ३१ करोड ७ लाख बराबरको शेयर खरीद विक्री भएको छ।
उक्त अवधिमा सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ। त्यस्तै सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ६९ प्रतिशत घटेको छ। यो १२ बजेको अपडेट हो।
Facebook Comments


























