पर्सा, साउन २६ । पर्सामा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। हिजो (आईतवार) ज्यान गुमाएकी महिलासहित २२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।
वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोशालाले आज सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाएकी महिलासहित २२ जना कोरोना सङ्क्रमित थपिएका हुन्।
सङ्क्रमित हुनेहरुमा १८ देखि ५० वर्ष उमेर समूहका छन्। थपिएका सङ्क्रमितमा स्वास्थ्यकर्मी समेत रहेका छन्।
आज थपिएकासहित पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
Facebook Comments


























