काठमाडौं, साउन २५ । गत साता ४ प्रतिशतभन्दा माथिले घटेको नेप्से यो साताको पहिलो कारोबार दिनमै सुधार भएको छ। साताको पहिलो कारोबार दिनमा बजार परिसूचक नेप्से ११.३० अंकले बढेर १३९२.६८ अंकमा बन्द भएको छ।
आइतबार प्रि-ओपनिङ सेसनमा सामान्य उकालो लागे पनि कारोबार सुरु भएसँगै बजार परिसूक नेप्से ओरालो लागेको थियो। गत साता कोभिडको प्रभाव बढ्दै जाँदा चकेको लकडाउनको चर्चाले लगानीकर्तामा त्रास बढ्दा घढेको बजार यो साताको पनि सुरुको दिनमा नै लय समातेको छ।
बजार परिसूचक नेप्सेमा सुधार देखिए पनि कारोबार रकम भने बढ्ने सकेन। खरिदकर्तामा बजार अझै घट्नसक्ने अपेक्षा र बिक्रीकर्तामा पनि बढेको मूल्यमा किनेको सेयर घटेर बेच्न नचाहँदा कारोबार रकम भने घटेको देखिन्छ। बजारमा सुरुवाती समयमा बिक्री चाप बढी हुँदा घटेको नेप्से करिब आधार घण्टा पछि भने करिब चाप बढ्दै जाँदा सुधार भएको हो। आइतबार नेप्सेमा १८७ कम्पनीको ३२ लाख १२ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ९७ करोड ९८ लाख ७६ हजारको कारोबार भएको छ।
आइतबार नेप्सेमा कारोबार रकमलाई गत साताबाट कारोबार सुरु भएको अजोड इन्स्यारेनसले उचालेको छ। अजोड इन्स्योरेन्सको सवार्धिक ९ करोड २१ लाख ४१ हजारको कारोबार भएको छ। यस्तै नेपाल पुनर्बिमा, नेपाल बैंक, नेपाल लाइफ इन्स्यारेन्स र एनआईसी एशिया लघुवित्त धेरै कारोबार हुने कम्पनीमा रहेका छन्।


























