काठमाडौं, साउन २५ । ‘इनफ इज इनफ’ अभियानका अनसनरत अभियन्ताहरुले २३ दिन पछि आज (आइतबार) अनशन तोडेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवत्ता डा.समीर अधिकारीले जलपान गराई अनशन तोडाउनु भएको हो।
शनिबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र अनसन बसेका अभियन्ताकाबीच शनिबार १३ बुँदे सहमति भएको हो।
सहमतिमा सरकार र अनसनरत युवाबीच संक्रमण पत्ता लगाउन प्रयोगशालामा पिसिआर विधि प्रयोग गर्ने, परीक्षण बढाउनका लागि प्रयोगशाला सामग्री, र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था गर्ने, परीक्षणको नतिजा जतिसक्यो चाँडै उपलब्ध गराउनेलगायतका छन्।
यस अघि असार २२ गते १२ बुँदे सहमति भएपनि कार्यान्वयन नभएको भन्दै अभियन्ताहरुले साउन ३ गतेबाट दोस्रो चरणको सत्याग्रह थालेका थिए।
यस पटकको सहमति कार्यान्वयन हुनेमा आशावादी रहेको सत्याग्राहीले बताएका छन्। सरकारले पनि अनशनरत पक्षको मागलाई पुरा गर्ने प्रतिबद्धता जनाएको छ।


























