पर्सा, साउन २५ । वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएका बताए।
डा.उपाध्यायका अनुसार उनी वीरगञ्जको छपकैया निवासी २० वर्षकी महिला हुन्। ती महिलालाई हिजो नारायाणी अस्पतालमा मृत अवस्थामै ल्याइएको थियो।
उनको हिजो मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा पोजेटिभ आएको डा.उपाध्यायले जानकारी दिए।
‘हाम्रो अस्पतालमा हिजो दिउँसो मृत अवस्थामा ल्याइएको २० वर्षकी महिलाको कोरोना पुष्टि भएको छ,’ डा.उपाध्यायले भने, ‘उहाँ शव अहिले हाम्रो अस्पतालमै छ।’
डा.उपाध्यायका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती मृत महिलासहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
Facebook Comments


























