काठमाडौं, साउन २५ । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा ९ सय रुपैयाँको गिरावट आएको छ।
निरन्तर उकालो चढ्दै गएको सुनको मूल्य आइतवार घट्दै प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आइतवार तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यस्तो सुन प्रतितोला १ लाख ३ हजा र रुपैयाँमा कारोबार भएको थियो।
आइतवार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
Facebook Comments


























