चीन, साउन २५ । चिनियाँ चिकित्सकहरूले कोरोनाबाहेकको अर्को एक भाइरस पनि देखिएको भन्दै चेतावनी दिएका छन्।
किर्नोले टोकेर संक्रमण हुने तर मानवबाट मानवमा पनि यो सर्ने विज्ञहरूको कथन छ।
एसएफटीएस नामको यस भाइरसले चीनको जियाङ्सु र आनहुई प्रान्तमा ६० जना जतिलाई संक्रमित गराइसकेको र तीमध्ये सातजनाको मृत्यु भएको बताइएको छ।
रोगका लक्षणमा ज्वरो, खोकी, थकान, वाकवाकी लाग्ने तथा बान्ता आउने अनि श्वेत रक्तकोशिकाहरूको कमी पर्छन्।
यो नयाँ भाइरस हैन। सन् २००९ मा हुबेइ र हेनान प्रान्तमा किर्नोबाट सर्ने रोग देखिएको थियो र चीनका संक्रामक रोग विशेषज्ञहरूले सन् २०११ मा यसको प्याथोजिन पत्ता लगाएका थिए।
यस रोगको मृत्युदर १६ देखि ३० प्रतिशतसम्म रहेको चाइना इन्फर्मेसन सिस्टम फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले जनाएको छ।
संक्रमण शुरूमा किर्नोले टोकेर भए पनि मानिबाट मानवमा सर्ने सम्भावनालाई नकार्न नसकिने झजियाङ विश्वविद्यालय अन्तर्गको एक अस्पतालका चिकित्सक शेङ जिफाङे ग्लोबल टाइम्सलाई बताए। यो रगत वा खकारबाट सर्ने उनको भनाइ छ। एजेन्सी


























