साउन २५ । पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिजमा घरेलु टिम इंग्ल्यान्डले अग्रता लिएको छ।
म्यानचेस्टरमा शनिबार पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको हो।
ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्यान्डले चौंथो दिनमै ७ विकेट गुमाएर पुरा गर्यो।
इंग्ल्यान्डको जीतमा क्रिस वोक्स र जोस बट्लरले अर्धशतकीय इनिङ्स खेले। दोस्रो इनिङ्समा उत्कृष्ट खेलेका वोक्स ८४ रनमा अविजित रहे। बट्लर ७५ रनमा आउट भए।
यस्तै कप्तान जोय रुट ४२ रनमा आउट भए भने डम सिब्लीले ३६ रन बनाए। पाकिस्तानका यासिर शाहले ४ विकेट लिए। शाहिन शाह अफ्रिदी,मोहमम्द अब्बास र नासिम शाहले १/१ विकेट लिए।
यसअघि दोस्रो इनिङ्समा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्यान्डले २ सय ७७ रनको लक्ष्य पाएको थियो। दुई टोलीबीचको दोस्रो टेस्ट बिहीबार साउथह्याम्पटनमा हुनेछ। एजेन्सी


























