विराटनगर, साउन २४ । विराटनगरमा कार्यरत तीन पत्रकारलाई कोरोना पोजेटिभ देखिएको छ। स्थानीय उद्घोष दैनिकमा आवद्ध कमल रिमाल, सञ्जिव खनाल र अर्का एक पत्रकारलाई कोरोना संक्रमण भएको हो।
उनीहरुलाई ज्वरो आएपछि पिसीआर परीक्षण गरिएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित पत्रकार खनाल र रिमालले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका छन्। उनीहरुले आफुहरु संक्रमित भएको र जोखिम समयमा आफुहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गरेका हुन्।
उद्घोष दैनिकमा कार्यरत अन्य पत्रकार र कर्मचारीको रिपोर्ट आउन बाँकी छ। उनीहरु सबै अहिले होम आइसोलेसनमा रहेका छन्।
विराटनगर महानगरपालिकामा शुक्रवार साँझसम्म संक्रमितको संख्या दुई सय ४५ जना पुगेको छ भने ३ जना संक्रमितको मृत्यु भइसकेको छ।
Facebook Comments


























