काठमाडौं, साउन २४ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। उनी यमाहाको स्कुटरको विज्ञापनमा खेलेका थिए। स्कुटरको विज्ञापनमा रहेका एक सदस्यमा कोरोनाभाइरसको संक्रमण देखिएपछि उनको पिसीआर परिक्षण गरिएको थियो।
एक जनामा कोरोना देखिएपछि यूनिट कै कोरोना परिक्षण गरिएको थियो। अनमोलको कोरोना रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ। पछिल्लो समय अनमोल विज्ञापन लगायतका काममा ब्यस्त भइरहेका छन्।
Facebook Comments


























