साउन २४ । सन् २०२१ का लागि भारतमा तय भएको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट नसर्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२१ को विश्वकप तोकिएकै मितिमा आयोजना हुने जनाएको छ।
कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता सर्ने आँकलन गरिएपनि आईसीसीले भारतलाई आगामी वर्ष तय भएको विश्वकप तोकिएकै मितिमा आयोजनाको अधिकार दिएको हो।
आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबर देखि नोभेम्बरसम्म हुनेछ। फाइनल नोभेम्बर १४ मा हुने बताइएको छ।
तर,आईसीसीले अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी–ट्वान्टी विश्वकप भने २०२२ सम्मका लागि स्थगित गरेको छ।
अष्ट्रेलियामा यसैवर्ष आयोजना हुने भनिएपनि कोरोना भाईरसको महामारीको कारण आईसीसीले विश्वकप २०२१ सम्मको लागि स्थगित गरेको थियो ।
तर, भारतमा पनि त्यहिँ वर्ष विश्वकप हुने भएपछि अष्ट्रेलिया २०२२ मा विश्वकप आयोजना हुनेछ।
त्यस्तै न्युजिल्यान्डमा आगामी वर्ष आयोजना गर्ने भनिएको महिलाको एकदिवसीय विश्वकप क्रिकेट भने एक वर्ष सारिएको छ।
अब महिलाको विश्वकप २०२२ मा हुनेछ। यस अघि महिला विश्वकप सन् २०२१ को फेब्रुवरी ६ देखि मार्च ७ सम्म आयोजना हुने बताइएको थियो। एजेन्सी




















