काठमाडौं, साउन २३ । महानगरीय प्रहरी परिसर काठमाडौंले हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरेको छ। हात्तीको दाह्रा किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको परिसरको टोलीले सुकेधाराबाट १० इन्च लामो हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने २८ वर्षीय रुद्र लिम्बू, सिन्धुपाल्चोक घर भई कपन बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।
Facebook Comments


























