बैतडी, साउन २३ । बैतडीमा पहिरोमा पुरिएर आमाछोराको ज्यान गएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा बिहीबार राति १२ बजेतिर घरमाथिबाट खसेको पहिरोमा पुरिएर ४० वर्षीय पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
बिहीबार राति खसेको पहिरोले घरभित्रै सुतिरहेका आमा छोराको मृत्यु भएको हो भने १६ वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन्। मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन नपाएका छिमेकीले बताएका छन्।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार बैतडीका ८ पालिकाका विभिन्न ठाउँ पहिरोको उच्च जोखिममा रहेका छन्।
Facebook Comments


























