पर्सा, साउन २३ । पर्सामा १ सय ४१ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।
नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय ४१ जनामा सङक्रमण पुष्टि भएको हो।
आज २१ महिलासहित १ सय ४१ जना सङ्क्रमित थपिएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए। सङ्क्रमितमध्ये ४३ जना प्रहरीको हिरासतमा रहेका छन्।
नियमित जाँचको क्रममा स्वाब परीक्षण गराएको पर्साका प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिए।
Facebook Comments


























