वीरगन्ज, साउन २२ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा वीरगन्जका एक ५७ वर्षीय व्यवसायीको मृत्यु भएको छ। बुधबार साँझ ती व्यवसायीको स्वाब संकलन गरिएपनि हालसम्म रिपोर्ट आइसकेको छैन्।
कोरोना अस्पतालका संयोजक डा.उदय नारायण सिंहका अनुसार पुराना मुटुरोगी ती व्यवसायी पछिल्लो समय निमोनिया र श्वासप्रश्वासको समस्या लिएर मंगलबार अस्पताल आएका थिए।
‘उपचारकै क्रममा बुधबार राति करिब १० बजेको समयमा स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो,’ डा.सिंहले भने, ‘बिहीबार बिहान साढे ८ बजेको समयमा उनको मृत्यु भयो।’ वीरगन्ज घन्टाघर निवासी ५७ वर्षीय व्यवसायीलाई स्वास प्रश्वासमा समस्या आएपछि मंगलबार दिउँसो परिवारले कोरोना अस्पताल पुर्याएका थिए।
Facebook Comments


























