साउन २२ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) दौरान कोरोना भाईरसबाट जोगिनका लागि स्वास्थ्य र सुरक्षाको प्रोटोकल तयार गरेको छ।
युएईमा आयोजना हुने यस वर्षको आईपीएलका लागि बीसीसीआईले स्वास्थ्य र सुरक्षाको प्रोटोकल तयार गरेको हो।
बीसीसीआईले १६ पेजको स्वास्थ्य र सुरक्षाको प्रोटोकल तयार गर्दै फ्रेन्चाईज टिमलाई पठाएको छ।
हरेक टिमले प्रतियोगिताका लागि युएई जानु अघिदेखि प्रतियोगिता सकिएसम्म स्वास्थ्य र सुरक्षाको प्रोटोकलको पालना गर्नु पर्नेछ।
बीसीसीआईले तयार गरेको प्रोटोकल अनुसार हरेक टिमसँग एक डाक्टर हुनु पर्नेछ। र, स्वास्थ्य सम्बन्धि गाइडलाइन पालना गर्नु पर्नेछ।
खेलाडीले, स्टाफ सबैले मास्क अनिवार्य प्रयोग गर्नु पर्नेछ।
हरेक टिमले खेलाडीलाई चार्टर उडानबाट युएई लैजानु पर्नेछ। उडानको दौरान समेत खेलाडीएल सामाजिक दुरी कायम राख्नु पर्नेछ।
युएई जानु अघि हरेक व्यक्तिको कोरोना परिक्षण गर्नु पर्नेछ। युएई पुगिसकेपछि पनि कोरोना परिक्षण गराउनु पर्नेछ।
यस वर्षको आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुनेछ।
कोरोना भाईरसको महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो।
एसिया कप र टी–२० विश्वकप यस वर्ष स्थगित भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो।
यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो। तर, कोरोनाको कारण लिग स्थगित गरिएको थियो। एजेन्सी


























