काठमाडौं, साउन २२ । प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको छ।
मन्त्री यादव यही साउन ११ र १२ गते गृहमन्त्रालयमा आयोजित सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठकमा सहभागी भएर फर्किएका थिए।
प्रहरीलाई प्रदेशमा समायोजनको कामका विषयमा छलफल गर्न उक्त बैठक आयोजना गरिएको थियो।
Facebook Comments




















