साउन २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट फेसबुकले हटाएको छ। कोरोना भाइरसलाई लिएर ट्रम्पले लेखेको पोष्ट पहिलो पटक फेसबुकले डिलिट गरेको हो।
कम्पनीका अनुसार ट्रम्पको पोष्टले गलत सूचना शेयर गर्न नपाउने नियमको उल्लंघन गरेको थियो। ट्रम्पको पोष्टसँग फक्स न्युजलाई दिएको एक अन्तर्वार्ताको भिडियो पनि थियो, जसमा उनले कोभिड–१८ बाट बालबालिका मुक्त हुने बताएका थिए।
फेसबुकका प्रवक्ताले यो भिडियोमा कोभिड–१९ का बारेमा गलत दाबी गरिएकाले फेसबुकबाट हटाइएको जनाएका छन्। यो प्रकरणमा ह्वाइट हाउसको कुनै प्रतिक्रिया आएको छैन। एजेन्सी
Facebook Comments


























