चितवन । नुहाउने क्रममा खाेलामा डुबेर चितवनमा एक युवककाे ज्यान गएकाे छ। बुधबार दिउँसो करिब ३ बजेकाे समयमा नुहाउने क्रममा इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरे खोलामा डुब्दा इच्छाकामना–४ सेक्लाङका अन्दाजी २० वर्षका अभिषेक मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ।
खोलामा डुबेर मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको संयुक्त टोलीले साँझ करिब ५ः३० बजेकाे समयमा खोलाबाट मगरकाे शव निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। मगरको शव पाेष्टमार्टमकाे लागि भरतपुर अस्पताल लगिएको छ।
Facebook Comments


























