साउन २१ । कोरोना भाईरसको कारण मड्रिड ओपन टेनिस यस वर्ष नहुने भएको छ। मड्रिड ओपनको आयोजक कमिटीले बुधबार प्रतियोगिता रद्द गरिएको जनाएको छ।
कोरोनाको महामारी कायम रहेको कारण प्रतियोगिता रद्द गरिएको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ।
क्ले कोर्टमा खेलिने मड्रिड ओपन मे महिनामा आयोजना हुँदै आएको थियो।
तर, कोरोनाले स्थगित यस वर्षको प्रतियोगिता आगामी सेप्टेम्बरमा १२ बाट गर्ने तयारी गरिएको थियो।
पछिल्लो समय स्पेनिस राजधानीमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्न थालेपछि आयोजकलाई प्रतियोगिता रद्द गर्न दबाब बढेको थियो।
स्पेनमा मात्रै हालसम्म ३ लाख बढी मानिसमा संक्रमण देखिएको छ। यस्तै २८ हजार ४ सय ९८ जनाको मृत्यु भईसकेको छ। एजेन्सी
Facebook Comments


























