काठमाडौं, साउन २१ । मुलुकका विभिन्न स्थानका ३०१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
जसमध्ये ११० जना डिस्चार्ज भइसकेका छन्। संक्रमितमा सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयका मात्रै ७५ जना छन्।
प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ७५, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का ३७, प्रदेश २ का २३, गण्डकी प्रदेशका ३९, प्रदेश ५ का ७ र सुदूरपश्चिम प्रदेशका एकजना संक्रमित प्रहरीको उपचार जारी छ।
यसबाहेक ११० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका भइसकेका छन्।
Facebook Comments


























