साउन २१ । साविक विजेता तथा स्पेनिस स्टार राफायल नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने भएका छन्।
कोरोना भाईरसको महामारीको कारण नाडालले युएस ओपन नखेल्ने भएका हुन्।
नाडालले सामाजिक संजालबाट आफुले युएस ओपनबाट नाम फिर्ता लिएको बताएका छन्।
विश्व नम्बर दुई नाडालले गत वर्ष डानिल मेदभेदेबलाई हराएर १९ औं पटक ग्राण्डस्लाम उपाधि जितेका थिए।
अमेरिकाको टेनिस एसोसिएसनले आगामी अगष्ट ३१ बाट युएस ओपन गराउने तयारी गरेको छ। एजेन्सी
Facebook Comments


























