गोरखा, साउन २० । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्।
जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
आफ्नै वडाभित्रकी एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रासस
Facebook Comments




















