साउन २० । सीमा क्षेत्र लद्दाखबारे भारत र चीनबीच जारी विवाद अझै सुल्झिएको छैन। गत आइतबार दुई पक्षबीच कमान्डरस्तरीय वार्ता भएको थियो, तर विवाद पूरै समाधान भइसकेको छैन।
हिन्दुस्तान पत्रिकाका अनुसार लद्दाख सीमामा चीनले १७ हजार सैनिक तैनाथ गरेको छ भने भारतले पनि सेनाको टी–९० ट्यांकर खडा गरेको छ। यसबाहेक थप सैन्य बल पनि भारतले तैनाथ गरेको छ।
पत्रिकाका अनुसार चीनले दौलत बेग ओल्डी र देपसाङमा १७ हजार सैनिक तैनाथ गरेको हो।
सरकारी स्रोत उधृत गर्दै हिन्दुस्तानले लेखेको खबरअनुसार भारतले पनि काराकोरम दर्रे नजिक पेट्रोलिङ प्वइन्ट–१ देखि देपसाङ मैदानसम्म सैनिक तैनाथ गरेको छ।
जहाँ अप्रिल–मे महिनामा चीनका सैनिक थिए। स्रोतका अनुसार चीनको तैनाथीका कारण पीपी–१० देखि पीपी–१३ सम्म गस्ती हुन पाएको छैन। एजेन्सी
Facebook Comments


























