काठमाडौं, साउन २० । नेपाल क्रिकेट संघ (क्यान) ले जिल्ला र प्रदेशलाई क्रिकेट गतिविधि सञ्चालन गर्न बजेट निकासा गरेको छ।
आइतबार क्यानले २९ जिल्ला र ६ प्रदेशलाई ग्रासरुट क्रिकेट विकासको लागि बजेट पठाएको हो।
क्यानले जिल्लालाई ५० हजार र प्रदेशलाई एक लाखका दरले पैसा निकासा गरेको क्यानका कोषाध्यक्ष रोसन सिंहले खेलपाटीलाई जानकारी दिए।
क्यानले बाँकी १० जिल्लाको बैंक खाता नआएका कारण पैसा निकासा गर्न नसकिएको जनाएको छ। बैंक खाता प्राप्त हुने बित्तिकै बाँकी जिल्लालाई समेत बजेट निकासा गरिने कोषाध्यक्ष सिंह बताउँछन्।
‘क्यानले पहिलो पटक जिल्लालाई यति ठुलो रकम निकासा गरेको हो।’ कोषाध्यक्ष सिंहले भने, ’केही जिल्लाको बैंक खाता नआएको कारण हाललाई बाँकी राखिएको छ। खाता नम्बर आएपछि तुरुन्तै रकम पठाउँछौं।’
हाल क्यानमा ३९ जिल्ला आबद्द रहेका छन्।
Facebook Comments


























