चीन, साउन १९ । चीनमा आइतबार कोरोनाभाइरसका ४३ नयाँ संक्रमित भेटिएका छन्। शनिबार यहाँ कोरोनाका ४९ नयाँ संक्रमित भेटिएको चीनको सरकारी स्वास्थ्य अधिकारीले सोमबार जानकारी दिए।
राष्ट्रिय स्वास्थ्य आयोगले तीमध्ये ३६ वटा समुदाय स्तरमा नै फैलिएको जानकारी दिएको छ जसमा सिनजियाङका २८ जना रहेका छन्। अन्य सात संक्रमित भने विभिन्न देशको यात्राबाट फर्किएका थिए।
चीनमा ११ जना बिना लक्षणको संक्रमित पनि फेला परेको छ। शनिबार यहाँ २० जना बिना लक्षणका संक्रमित भेटिएका थिए। चीनमा लक्षण बिनाका संक्रमितलाई लक्षण नदेखिएसम्म संक्रमितको सूचीमा राखिँदैन।
यससँगै चीनमा हालसम्म ८४ हजार ४ सय २८ संक्रमित रहेका छन् भने यहाँ ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ। एजेन्सी
Facebook Comments


























