साउन १९ । भारतको उत्तर प्रदेशका भाजपा अध्यक्ष स्वतन्त्र सिंह पनि कोरोना संक्रमित भएका छन्। उनले ट्वीट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको पुष्टि गरेका हुन्।
यस्तै, उत्तर प्रदेशका जलशक्ति मन्त्री महेन्द्र सिंहलाई पनि कोरोना भएको छ। गत महिना सोही प्रदेशका स्वास्थ्य मन्त्री जयप्रताप सिंह, मन्त्रीहरु चेतन चौहान, राजेन्द्रप्रताप सिंह र धरम सिंह सैनी पनि संक्रमित भएका थिए।
उता तमिलनाडुका गभर्नर बनवारीलाल पुरोहित पनि संक्रमित भएका छन्। उनलाई चेन्नइस्थित कावेरी अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनमा भने कोरोनाको कुनै लक्षण देखिएको छैन। एजेन्सी
Facebook Comments


























