साउन १९ । अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन्। उनीहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
अन्तरिक्ष यात्री डग र बबले पानीमाथि अवरण गरेका हुन्। व्यवसायिक क्षेत्रबाट अन्तरिक्ष यात्रा गरेर अन्तरिक्ष यात्री सफल रुपमा पृथ्वीमा फर्किएको यो पहिलो पटक हो।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको थियो। ड्रयागन क्याप्सुल स्पेसएक्सले उपलब्ध गराइ उसैले सञ्चानल गरेको हो। सो यान चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनमा गएको मे ३१ मा प्रवेश गरेको थियो।
चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतिक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका थिए।
हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको मे ३० मा अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ९ वर्ष पहिले शटल्स नामको अन्तरिक्ष यान पठाउने प्रणाली बन्द गरेको थियो। त्यसपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो।
यो मिसनमार्फत नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा यान लिएर प्रयोग गर्ने नयाँ युगको थालनी गरेको हो। एजेन्सी


























