साउन १८ । अस्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणको दर बढ्दै गएपछि लकडाउन अझ कडा बनाइएको छ।
भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूले नयाँ नियम स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेबाट लकडाउन लागू हुने घोषणा गर्नुभएको हो।
नयाँ नियम अनुसार राजधानी मेलबर्नमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागु हुनेछ।
मानिसहरुलाई घरमै बस्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नागरिकलाई आफ्नो घरको ५ किलोमिटरभन्दा टाढा जाने अनुमति दिइनेछैन अति आवश्यक कामका लागि एउटा घरका एक जनालाई मात्र अनुमति दिइएको छ।
आइतबार भिक्टोरियामा ६ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ।
यो सँगै अस्ट्रेलियामा संक्रमितको संख्या ११ हजार ५ सय ५७ पुगेको छ भने मृतकको संख्या १ सय २३ पुगेको छ।
देशको अन्य स्थानको तुलनामा भिक्टोरियामा संक्रमण तीब्र रुपमा बढेका कारण प्रतिबन्धको दायारा बढाइएको छ। (एजेन्सी)


























