काठमाडौं, साउन १८ । शेयर बजार परिसूचक नेप्से आइतबार ४२.७८ अंकले ओरालो झरेको छ। सबै समूहका उपसूचक घटेपछि नेप्से १ हजार ३९६.२८ विन्दुमा ओर्लिएको हो।
आइतबार सबैभन्दा धेरै होटल समूह ४.४९ प्रतिशतले घटेको छ। वाणिज्य ब्यांक समूह ३.३५ प्रतिशत, निर्जीवन बीमा समूह ३.५२ प्रतिशत र जीवन बीमा समूह ३.०५ प्रतिशतले घटेका छन्।
सबैभन्दा धेरै जोशी जलविद्युतका लगानीकर्ताले ९.७२ प्रतिशत गुमाएका छन्। ओरियन्टल होटलका लगानीकर्ताले ७.८८ प्रतिशत, हिमालयन ऊर्जा विकासका लगानीकर्ताले ७.८४ प्रतिशत घाटा खाएका छन्।
आजको कारोबारमा सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशत र अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९.९७ प्रतिशत नाफा कमाए।
आइतबार १८९ कम्पनीका रु १ अर्ब ८४ करोड मूल्य बराबरका शेयर किनबेच भएका छन्।
Facebook Comments


























