काठमाडौं, साउन १७ । सरकारले लकडाउन खुलेपछि कोरोना संक्रमणको दर बढेको छ। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार ०.८ प्रतिशतले कोरोना संक्रमणको दर बढेको छ।
लकडाउन अगाडिको ११ दिनमा सरकारले ४७ हजार ८७७ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३४५ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
लकडाउन खुलेको ११ दिन (साउन ७ देखि १७ गतेसम्म) ५८ हजार १७४ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार ९२ मा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो तथ्यांक अनुसार ०.८ प्रतिशतले संक्रमित दर बढेको हो।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ छ।
Facebook Comments


























