पर्सा, साउन १७ । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ।
शव व्यवस्थापनका लागि जंगलमा लान खोज्दा वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकका स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले शुक्रबार राति बल प्रयोग गरेको हो। सोक्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
स्थानीयवासीको विरोधलाई छिचोल्दै राति नै सेनाले शव व्यवस्थापन गरेको प्रहरीले जानकारी दिए। यसअघि पनि सो क्षेत्रका बासिन्दाले शव व्यवस्थापनमा लादा पनि अवरोध गरेका थिए।
Facebook Comments


























