काठमाडौं, साउन १६ । सेती प्रादेशिक अस्पतालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालले एक विज्ञप्तिमार्फत थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २७१ जनाको कोरोना परीक्षण गरिएको थियो ।
नयाँ थपिएका संक्रमितमध्ये ९ जना महिला र १७ जना पुरुष छन्। उनीहरु मध्ये कैलालीका २३ जना, बझाङका २ जना र कञ्चनपुरका एकजना छन्।

Facebook Comments


























