काठमाडौं, साउन १६ । स्वयम्भूमा सार्वजनिक बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक रहेको प्रहरीले जनाएको छ।
बस चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका प्रमुख डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए। भट्टका अनुसार मृतकको पहिचान खुलेको छैन।
गएराति करिब १२ बजेको समयमा कलंकीबाट नयाँबसपार्क जाँदै गरेको बा ५९८४ नम्बरको बस हलचोक र ठुलोभ¥याङ बीचमा दुर्घटना भएको हो।
मृतकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको डीएसपी भट्ट्ले बताए।
Facebook Comments

























